म कवि
मलाई कविता मनपर्छ
कविताको भाव मनपर्छ
कविताप्रतिको लगाव मनपर्छ
।१।
म कवि
मलाई स्वदेश मनपर्छ
स्वदेशको माटो मनपर्छ
आफू जन्मे हिँडेको बाटो
मनपर्छ।२।
म कवि
मलाई सिर्जना मनपर्छ
सिर्जनाले मेटाएको तिर्सना
मनपर्छ
तिर्सना पछयाएको सिर्जना
मनपर्छ।३।
म कवि
मलाई राजनीतिक स्थीरता
मनपर्छ
स्थीरताले शान्ति बिकास र
न्याय गर्छ
सम्बृद्द नेपाल र सुखी
नेपालीको कामना गर्छ।४।
म कवि
सुन्दर कल्पनामा डुबुल्की
मार्न मनपर्छ
अरुहरुमा आशा जगाउन मनपर्छ
अरुका लागि आफैलाई सक्न मनपर्छ
।५।
किनकी म कवि
जहां नपुग्ने रवि, त्यहां पुग्ने कवि
सुन्दर शान्त र सम्बृद्द
नेपालको भावना बोक्ने
अन्याय अभाव र उत्पीडनलाई
शब्द र भावले ठोक्ने
अन्तरमनदेखि प्रिय नेपाली
माटो छुने
माटो मै पसिना बगाएर दुःख
धुने
माटोको सुबास बढाउदै खुसी र
सुखी हुने
जहां नपुग्ने रवि, त्यहां पुग्ने म कवि।६।
२०८१।१०।०८ प्यूठान ऐरावती १ धनवोट, हाल काठमाण्डौ
No comments:
Post a Comment