Tuesday, 28 October 2025

अचम्मको खुसी (कविता)

       छोरा जन्मदा मात्र दीयो बालेको देखेँ

      कतिले छोरीलाई गर्भमै फालेको पनि देखेँ

      जब बुढेसकालमा छोराले बाsआमालाई

      बृद्द आश्रमतिर लैजान्छ,

      तब छोरीले बा आमालाई लगेर पालेको देखेँ ।१।

   

              जीनवमा के के देखे ? के के देखेँ ?

               केही मान्छेहरुले अँहकार पालेको देखेँ

               विडम्बना मान्छेमा हुनुपर्ने प्रमुख गुण

मानवता नै ढालेको पनि देखेँ।२।

    

              त्यसैले त मानवता जगाउँनका लागि

केहि गीत लेखे

केहि कविता लेखेँ

               किनकि अन्त नभए पनि    

सर्जकहरुका गीत / कविताका शब्दहरुको मर्ममा

               मैले मानवताको कर्मधर्म र मर्म देखेँ            ।३।

No comments:

Post a Comment