समय प्रायः
अस्वस्थ रहने
कहिले,
बाढी पैरो
कहिले,
भूकम्प-हैजा
कोभिड-महामारी,
आदि -इत्यादि
समयको खेल न हो
एकपछि अर्को
अस्वस्थ्यता ! देखाइरहने,
यतिवेला समयको
अस्वस्थ्यताले
राष्ट्रपति रामचन्द्र
बिरामी छन
हस्याङ्गफस्याङ्गे
जीवनशैलीमा
नानीदेखिको बानी लिएर
ल्याङ्गफ्याङे लवाइसंगै
फुङ्ग उडेको अनुहारमा
प्रधानमन्त्री सुशिला
कार्की देखिइरहेकी छिन
पूर्व प्रधानमन्त्री के
पी ओली बिरामी छन
शेरबहादुर, न
शेर, न बहादुर देखिन नसकेर
बाहिर निस्कनै नसक्ने
गरी थलिएका छन
प्रचण्ड सहितका धेरै
नेताहरुका
नौ नारीहरु गलिएका छन
ति सबै निको हुने ओषति
खोजिदैछ
स्वदेशभित्र र प्रदेशतिर
पनि !
ओखती खोज्न
डाक्टर-वैधहरु
दरबार पस्न लागेका छन
हिजो दरबारमा आगो
लगाउनेहरु
झिँजा बटुलेर
दरबारको आगोलाई
पुतपुत्याउने
कोसिसमा भित्रभित्र
जागेका छन
उता कर्लप्पै नेपालको
ज्यानलिन
यत्रतत्र हिडिरहेका छन
परदेशी डाइनोसरहरु
सिँहदरवारको १ न गेट
हुदै
बालुवाटारको ३ न गेट
हुदै
रातबिरात छिरिरहेका छन,
हिजो आजको समय
डाइनोसरहरुको रजगज
भययुक्त समय बनेको छ ।
२०८२ आश्विन २५ ऐरावती १ धनवोट, प्यूठान
No comments:
Post a Comment