Saturday, 11 October 2025

कविता वफादार कार्यकर्ता

 उ चानचुने कहा हो र ?

 वफादार कार्यकर्ता !

 संगठनको सिपाही

आवश्यक पर्दा, 

बन्दुक पनि उठाएको 

मेची महाकाली,

इन्कलावको नाराले जुटाएको

वर्तमानमा थाकेछ बिचरो !

, आश्वन २३ पछि त 

मस्त निद्रामा परेको छ

ऐलेसम्मै निदाइरहेकोछ

सत्ता ढल्दापनि, 

थाहा पाएको छैन

सिँहदरवार जल्ला पनि

पोलेको छैन उसलाई

त्यसैले त चुपचाप छ

केही बोलेको छैन उ

मौन छ बन्दकोठाभित्र

भित्ताको नायकलाई हेरिरहेकोछ

मात्र आखाँमा लिइरहेको छ

उहिडरहेको सिँहदरवारको खरानीका कणहरु !

जलिरहेका जनजनका मनहरु !!

 

२०८२ आश्विन २३                                                            ऐरावती १ धनबोट, प्यूठान

 

No comments:

Post a Comment