आशा जगाउदै गाउंमा
भरोशा बढाउदै सहरमा
सुकेका मुलहरु फुटाउन
मुर्झेका पालुवाहरु उठाउन
निराशाका बादलहरु फटाइदेउ
अभाव, उत्पिडन र भयलाई
हर ह्दयबाट हटाइदेउ ।१।
मिलेर तीन कोटी जनहरु
फर्केर परदेशियका मनहरु
एकढिक्का भइकन जुटिदेउ
सारा बिकृतिहरु हटाउन
आ आफ्नो स्थानमा उठिदेउ।२।
फुकेर शँख शान्तिको
बालेर दीयो सौम्यको
जगाइ मन मनको दीयोलाई
समाइ राष्टोन्नति मीयोलाई
जिउंदो बन
जाग्दो बन
लोभ लाग्दो बन
राखेर छातीमा नेपाललाई
बाँडेर कञ्चन नेपाली मन ।३।
No comments:
Post a Comment