Friday, 30 January 2026

मनको त्रासादिः अर्थहिन मध्यावधि!?

 चुनाव दुइथरि

आवधिक र मध्यवधिक,

मिति पुगेपछिको आवधिक

मिति नपुग्दैको मध्यवधिक

असन्तुष्टि र बेमेल पछिको

मध्यावधि,

साँचो बोल्न पनि डराउने

गर्नैपर्ने काम, गर्नमा पनि हराउने,

समय त्रासादि!

हुलदँगा, तोडफोड र आगजनी पछिको

मध्यावधि !

हामी असफल प्रयोगशाला त भइरहेका छैनौ ?

एकपछि अर्को गर्दै,

तन्नमतातिर त गइरहेका छैनौ ?

भनिन्छः राज गर्न, राजी बनाउने

एकमात्र वैधानिक माध्यम हो चुनाव

तर सवाल जारी छ

यथास्थितिमा ?

आसन्न चुनावले गर्छ के ?

चुनावी परिणामले ल्याउछ के ?

स्थायित्व,

शान्ति,

बिकास,

समाता र समानता,

पूर्ण न्याय,

आत्मसम्मान सहितको पूर्ण सुरक्षा,

अथवा पूर्ण सुरक्षा सहितको आत्मसम्मान !?

चुनाव घोषणा नै वैध वा अवैध,

सवाल बिचाराधिन रहेको समय,

यहि सँशय र त्रासादिका बिच

हुन गइरहेको चुनावले दिने हो के ?

अब दिने भनेको न्याय न्यायालयले हो ?

अथवा संविधानको ब्याख्या हुल वा राजनीतिले गर्ने हो!?

अथवा साधिकार प्राप्त स्वतन्त्र न्यायालयले ?

स्वतन्त्र न्यायालयले हो भने

त्यसको छिनोफानो गर्छ कहिले ?

अप्रेसन पछिको मृत्यु त नियति होला

तर मृत्यु पछिको अप्रेसनको अर्थ के ?

समय त्रासादि वा जटिल सवाल!

त्यसैले उही सवाल जारी छ

बिषम र बिबादित परिस्थितिमा

हुन गइरहेको चुनावले गर्छ के ?

राजनीतिक स्थायित्व,

मुलुकी शान्ति,

समग्र बिकास,

समता र समानता,

अनि आत्मसम्मान सहितको सुरक्षा,

अथवा उहि यथास्थितिकै निरन्तरता !?

भित्री मनमा त्रासादि

जारी छ, जारी छ र जारी छ ।

फगत अर्को मध्यावधि!

त्रुटी नै त्रुटी रहेको संविधान

बेथिति नै बेथिति जन्माउने

शासकी स्वरुप र निर्बाचन प्रणाली

क्षणिक आवेग, लोभ र उत्तेजनामा रमाउने

हामी जनता जनार्दन अर्थात मतदाता,

अनि निकासको खोजिमा हुने

एकपछि अर्को महँगो मध्यावधि

यो नियति कि

समय त्रासादि ?

अथवा मुलुकी मूल बेथिति !

त्यसैले यतिवेला पनि,

मथिँगलमा मडारिइरहने

निरन्तर जारी बिषय बनेको छ

पुनः पुनः मध्यावधि !

पुनः पुनः मध्यावधि !!

 

 

२०८२।१०१।५                               ऐरावती १ धनवोट, प्यूठान।

 

 

 

 

No comments:

Post a Comment