धोका राजनीति र पछुताउमा जेनजीहरु
‘’हिजो कानूनी सल्लाहकार बनेर हामीलाई नै गुमराहमा राख्नु भयो । आज रगत लागेको बच्चाहरुको पदमा बसेर सानसंग गफ हाँकी रहनु भएको छ । संविधान यसरी नै रहयोभने र संशोधन गर्न सकिएन भने जेनजीका भागहरु पुरा हुदैनन भनेर सल्लाह दिन सक्नु पर्द्थ्यो । हामीलाई वँहा (गृहमन्त्री ओमप्रकाश अर्याल)ले सहि सल्लाह नै दिनु भएन’’।
उपरोक्त शब्दहरु जेनजी
अभियानकर्मी, प्रधानमन्त्री सुशिला कार्कीका उमेरले नाती तर योगदानले
गडफादर बनेका ब्यक्ति, गोरखाली सुदन गुरुङगले उनको सम्मानमा, कास्की
स्थित लमु छोँज धीँ द्वारा आयोजित कार्यक्रममा उनले अभिब्यक्तिहरु (वर्णन
मार्ग १७, २०८२) बाट लिइएको हो ।
उल्लिखित पङ्तिहरुमा रहेका शब्दहरु
आफैमा सरल छन र आत्म पीडाका उद्घोषहरु बनेका छन । संगसँगै मुलुकी समस्या ज्यूँका
त्यूँ रहेको र आगामी फागुन २१ को चुनावबाट पनि समाधान हुन नसक्ने अवस्थामा पुगेको
भन्ने सङ्केतका लागि पर्याप्त छन ।
भनिन्छ, साम
दाम दण्ड र भेद चारै कुराहरु राजनीतिमा आवश्यक पर्दछन र आवश्यकतानुसार तिनीहरु
प्रयोग हुन्छ । सरल, सभ्य,
नैतिक र सहज हुनुपर्ने मुलुकको मुलनीति अर्थात
राजनीति बटारिएको, अभद्र,अनैतिक
र असहज भइदियो भने मुलुकी अवस्था कस्तो हुन्छ ? अन्यत्रको अवस्था हेरेर
त्यसको बुझाइ वा परीक्षणको आवश्यकता नै छैन नेपालीहरुका लागि । किनकी नेपाल स्वयं
राजनीतिको प्रयोगशाला भएको छ । धेरै पहिलेतिर जानु पर्दैन,
केवल आठदशकभित्र यहाँ भएका राजनीतिक उचार चढाव र विविध प्रयोगहरुलाई एकछिन सम्झिए मात्र
पुग्दछ । यतिबेला जीवित रहेका जेष्ठतम नागरिकको नजिक बसेर एकछिन सुने मात्र हुन्छ
यस ब्यथाको रामकहानी ।
नीतिमा अस्थिरता, दलदल
बिचमा धोका, अन्तरपार्टी धोका र रस्साकस्सी, हानमुँग्री
देखि बम गोली र बारुदका प्रयोगहरु सबै देखिएको छ यहा । सबै भोगिएको छ यहा । चौबिस
घण्टामा राष्ट्रिय धरोधरहरु भस्म पार्नेसम्मका विरोधका अनैतिक र चरम अभद्र
अभ्यासहरु यही भएको ताततातो खरानी ऐलेपनि छाम्न बाध्य हुनुपरेको छ आम नेपालीहरुले
। के का लागि सकारात्मक परिणामका लागि र मुलुक तथा मुलुकबासीको सुखद र समुन्नत
भविष्यका लागि ।
जेनजी युवाहरुको उद्देश्य
राम्रो तर प्रकृया नराम्रो । उद्देश्य राम्रो तर गलत मान्छेहरुको हातमा परे ।
उद्देश्य राम्रो तर धोकामय राजनीतिका चतुर पात्रहरुको वेइमानी बुझ्न सकेनन ।
सुशासन, शान्ति, न्याय र पारदर्शिताको
माध्यमबाट मुलुक बनाउने र मुलुक बन्छ भन्ने पक्का भएपछि युवाहरु बिदेशीन नपरेर यही
रमाउने …कति राम्रो सपना । तर ‘’उडायो सपना हुरीले’’
भन्ने गीत सम्झेर बस्नु पर्ने अवस्था आएको छ । त्यसको कारण होः नीतिगत समस्याको
कारण वर्तमान संविधान खारेज वा कम्तिमा सँशोधन नगरेर, जेनजीका
सपनाहरुलाई संवोधन गर्दै आमूल परिवर्तन हुन्छ भन्नेमा विश्वासमा पर्नु ।
राजनीति त समाज सेवा पो हो। आय
आर्जनको पेशा कहाँ हो र ? तर गाउँ गाउँमा सिँहदरबारको
नाराले टोलटोलमा सरकारी खान्की खानेहरु राजनीतिक महाराजहरु जन्माइयो । हरसाल छुट्याइने
बिकास बजेटको वास्तविकताका सम्बन्धमा एकातिर गुमराहमा राखिएको छ भने अर्कोतिर गाउँ
गाउँमा पुग्ने बजेटको खास प्रयोग चालिस प्रतिशत पनि सही रुपमा हुन नसकेको अवस्था छ
। खल्ती भर्ने र छोटेमहाराजहरु रमाउने काममा प्रयोगको वास्तविकता सबैका सामु
छलर्ङ्ग छ ।
२३ गते साझँ वानेश्रर चौकमा
उभिएर ‘’चाहयोभने भ्रष्ट्राचार ५ दिनमा नै समाप्त पार्न
सकिन्छ’’ भन्ने देखि ‘’मुलुकी बर्बादीका
महाखलनायकहरु सबैलाई जेनोसाइड (मानव हत्या)को
आरोपमा कठघरामा उभ्याएर सजाय दिइनु पर्छ’’
भन्दै उर्लेने सुदन गुरुङ्कै शब्दमा आमा, सुशिला कार्की केही पछि ‘’अब
संविधान बमोजिम हुन्छ’’ भन्न पुगेको यथार्थतालाई
जेनजीहरुले कसरी बुझिरहेका छन ? त्यही नै हो उपलब्धि र वास्तविकता
। ततकालीन कार्यनीति र मुलुकी मुल कानुन (संविधान) ले
के भन्दछ, हुने त्यही र त्यति मात्रै हो । कानूनको शासनको मर्म र धर्म
बुझेकी सुशिला कार्की, संविधान र कानून छाडेर जान
हुदैन भन्नेमा अडीग रहनु स्वभाविक हो । परिवर्तनगामी आयामहरुका संवैधानिक अवरोध
नहटाएसम्म र भइरहेका गलत कानूनहरु नफेरेसम्म हुने यही र यस्तै मात्र हो । पुरानै
मानसिकता र संस्कारका ब्यक्तिहरु शासकीय कुर्सिमा रहनेसम्म हुने यही र यस्तै हो ।
संवैधानिक कानूनी र संरचनात्मक परिवर्तन गर्न नसकेको कारणले ततकालीन आन्दोलन सफल
भएपनि कालान्तरमा पुनःमुसिकोभवः अर्थात फेरि उस्तै भएर जेनजीहरुका सपनाहरुको हत्या
भएका रोमानीया इटाली सहितका देशको कथा र ब्यथा बेलैमा जेनजीहरुले बुझेनन ।
सल्लाहकारहरुबाट बुझाइएन ? परिणाम धोकाको राजनीति सँगै पछुताउमा पुग्न बाध्य भए
सुदन गुरुङगहरु ।
जबरजस्त परिवर्तनका लागि
आन्दोलनले नीति संविधान र कानून चलाउने मुख्न मुख्य पदाधिकारीहरु नै परिवर्तन गर्न
सक्नु पर्छ, नत्र यस्तै हो । पात्रहरु फेरिन्छन,
प्रबृतिहरु यथावत । आरम्भमा हिरो (हिरोइन)
देखिन्छन, केही पछि भिलेन र अन्तमा दावनवीयता (अधिनायकवादीता)
प्रदर्शन गर्न पनि बेर लाउदैनन ।
राजनीति र राज्य अर्थात शासक
प्रशासकहरुको कर्म । शासक प्रशासकहरुले कानूनको ठाडो उलँघन गरेभने कुन कानून
अनुसार के कस्तो सजाय हुने भन्ने कानून नै बनाएनन आजसम्मका शासकहरुले ! राज्यको
आर्थिक स्रोतको दुरुपयोगमा अख्तियार दुरुपयोगको कसूर आकर्षित हुन्छ तर राज्य
शक्तिको दुरुपयोगमा कुन कानून र कसरी आकर्षित हुन्छ ? भन्ने पक्षलाई
अस्पष्टता मै राखे । यसको मूल कारण भनेको नेपाली राजनीतिको चारित्रिक जालझेल र
धोकाजन्य विशेषता नै हो । संविधान कानूनहरु सबै उही, शासकहरु सबै उही
मनस्थितिका र उच्च प्रशासक एवं उच्च सुरक्षाअधिकारीहरु सबै उही अधिकार प्रयोग र
उही मानसिकता ! अनि हुन्छ अग्रागामी परिवर्तन ?
यही नीति र थितिमा जेनजीहरुले चाहेको र अधिकाँश नेपालीहरुको सपनाको परिवर्तन हुन्छ
भन्नु एकप्रकारको अज्ञानता हो र अर्को प्रकारले वालहठ मात्र हो । घोषित फागुन २१
मा चुनाव भइहालेपनि वा यही नीति र अवस्थामा केही पछि यस्तै र त्यस्तै चुनाव
भइहालेपनि जेनजीहरुको वलिदानीले उचित सम्मान पाउने छैन । केवल
केही कुर्सीहरुमा केहि मानिसहरु फेरिने छन । संविधान संशोधन गर्न दुइ तिहाइ चाहिने
। दुइतिहाइ यही चुनावी नीति र कार्यव्यवस्था एवं मनस्थितिबाट कहिल्यै नआउने भएपछि
कसरी गर्ने सकारात्मक आशा ?
तसर्थ फेरिपनि ष्पष्ट हुनु
जरुरी छ किः संविधान,कानून नीति र अधिकारवालाहरुमा परिवर्तन नगरेसम्म केही
हुदैन र हुने छैन । केवल आयाराम र गयारामको यात्रा जारी रहने छ । आमूल परिवर्तनका
लागि भएका त्याग र वलिदानीहरु केवल पछुताउमा पर्ने छन । जसरी बिगत आठ दशकसम्म
परिवर्तनगामीहरु एकपछि अर्को चरणमा पछुताउमा पर्दै गए । त्यही
पछुताउ सुदन गुरुङ सहित आजका समकालीन बिद्रोही जेनजीहरु मात्र होइन, तदनुकुल
सोँचका गैरजेनजीहरुमा पनि देखिदै आएको छ । यो पछुताउ क्रमशः भोलिका दिनमा झनै उच्च
र गँभीर बन्ने छ ।
सत्ता परिवर्तन भनेको ब्यक्ति
र कुर्सी परिवर्तन मात्र हुनु हुदैन, नीति थीतिमा परिवर्तसँगै
सत्तासिनहरुको मति तथा ब्यवहारमा पनि परिवर्तन जरुरी छ भन्ने तथ्य र सत्यलाई
जबजसम्म बुझिदैन र बुझेर कार्यरुप दिइदैन, तबसम्म ‘’के
खोजेँ मैलेँ के पाए ऐले’’ भन्दै पछुताउने नै हो ।
उपलब्धि नगन्य वा शुन्य ।
२०८२ मार्ग १८ ऐरावती १ धनवोट।
प्यूठान
No comments:
Post a Comment