Thursday, 8 January 2026

 

वालवालिकाको सामाजिक सञ्जाल प्रयोगमा नियमन जरुरी

 

आधुनिक युग सुचना प्रविधिको युग हो । जहा सूचना छ त्यहा संसार छ अर्थात संसारमा हुनुको अर्थ र महत्व छ । एकक्लिकमा संसार घुमाइदिने देखि एक क्लिकमै सारा सम्पत्ति सखाप पारिदिने सम्मको शक्ति रहेको सूचना प्रविधि जाने बरदानका रुपमा र नजाने अभिशापका रुपमा बिकृत हुदै गएको छ ।

भान्सामा दुध तताइरहेकी कुनै ब्यक्ति बाहिर आएर मोबाइल हेर्दा अगेना वा चुल्होमा दुध तताइरहेको छ भन्ने बिर्सन्छन उता दुध उम्लिएर पोखिन्छ सकिन्छ र कतिपय सन्दर्मा सम्बन्धित भाडो नै डढेर गएपछि मात्र थाहा भएका घटनाहरु धेरै छन । केही त आगलागीकै कारण बनेका छन । बालबालिकाहरु मोबाइलमा टिकटक नहेरी वा गीत नसुनी दुध वा खाना नै खादैनन । दुइ वा  दुइ भन्दा बढी मानिसहरु कुनै चिया पसल वा सभा आदिमा भेट वा जम्मा भएपनि कुनै कुरा नगरी मोबाइल हेरेर बसिरहेका देखिन्छन । सभामा जान्छन । वक्ताहरु बोलिरहेका हुन्छन तर स्रोता वा सहभागिहरुको ध्यान मोबाइतिरै गइरहेको देखिन्छ । केही बर्षदेखि फेसबुक टिकटक इन्स्ट्राग्राम युटुब आदि सामाजिक सञ्जालका कारणले केही मानिसहरुको दैनिकीमै ठूलो अन्तर पारिरहेको छ । जीवन प्रगतिकै बाधक र निराशा वा एकान्तपनको कारक बनिरहेको छ । वस्तुतः चिन्ताको बिषय बन्दै गएको छ ।

खासगरी बालबालिकाहरुमा यसको अधिक प्रयोग छ र प्रयोगको त्यो गति तिब्र रुपमा बढरहेको मात्र होइन नकारात्मकता बढिरहेका कारणले चिन्ताको बिषय बन्दै गएको छ । त्यसैले संसारका धेरै देशहरु बालबालिकाको सामाजिक सञ्जालको प्रयोगलाई नियमनतिर लगिरहेका छन । अष्ट्रेलियामा १६ वर्षउमेर भन्दा कमकालागि सामाजिक सञ्जाल उपलब्ध गराएमा सम्बन्धित कम्पनीहरु जरिवानामा पर्ने कानूनी ब्यवस्था आएको छ । अमेरीकाको धेरै राज्यहरुमा १३ बर्ष भन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगका लागि अभिभावको सहमति अनिवार्य मानिएको छ । धेरै युरोपियन देशहरुमा यसको सिमालाई १३ वर्षको उमेरमा झारिएको छ । बेलायतमा अनलाइन सेफ्टी कानूनले १३ वर्षको उमेरसम्मपूर्ण निषेध र १३ देखि १६ सम्म अभिभावकीय स्विकृतिलाई अनिवार्य मानेको छ । डेनमार्कमा १५ वर्षको सिमा भइसक्यो । मलेशीयामा २०२६ देखि अर्थात अवको एकमहिना पछि १५ वर्षकै सीमा लागू हुदै छ । फ्रान्समा २०२३ देखि नै १५ वर्षको सिमा लागू भइसकेको हो । नर्बेमा २०२४ देखि नै १५ वर्षको सिमा लागू भएको हो । बालबालिकाहरुलाई सामाजिक सञ्जालको प्रयोगमा नियमन जरुरी भएको तर्फ सबैतिर सचेनता बढीरहेको  छ भन्ने तथ्य यी केही उदाहरणहरुबाट स्पष्ट भइसकेको छ ।

सानैदेखि समाजिक सञ्जालको प्रयोगको कुलत बसेको कारणले बालबालिकाहरुमा संवेगात्मक चोटहरु बढ्दै गएकोतर्फ अभिभावकीय सचेनता जरुरी छ । ऐले नै धेरै बालबालिकाहरुमा रिसाउने एककोहोरो भएर रहने वा एकान्तमा बस्ने, अनावश्यक डर मान्ने, आत्मबिश्वासमा कमी हुने, कुनै काममा आफै सरिक हुन हिचकिचाउने, जस्ता धेरै बिकृतिहरु देखिएका छन । यसको मूल कारण सानै देखि सामाजिक सञ्जालको लत बस्नु हो र लतले कुलतमय अवस्थामा पुरयाउनु नै हो ।यसैले नेपालमा पनि बालबालिकाका लागि समाजिक सञ्जालको प्रयोगमा नियमन जरुरी छ । विध्युतीय अपराध (साइबर क्राइम) सम्बन्धमा भएका वर्तमान ब्यवस्थाहरुबाट बालबालिकाको सामाजिक सञ्जालको प्रयोगलाई प्रभागकारी रुपमा ब्यवस्थापन र नियमन हुन सक्ने अवस्था देखिदैन । त्यसैले यसका लागि प्रभावकारी नियमन गराउने सम्बन्धमा सम्बन्धित कानून नियम र आदेशहरुमा परिवर्तन जरुरी छ ।  

जेनजी आन्दोलनको ततकालीन कारण बनेको सामाजिक सञ्जालमा ततकालीन पूर्ण नियन्त्रण हो भन्ने सबैलाई जगजाहेरै छ । यसलाई त्यसरी पूर्ण नियन्त्रण गरेर होइन कि नियमन गरेर लैजानु पर्छ । युवाहरु सहित सबैले सामाजिक सञ्जाल प्रयोगमा ब्यवस्थित नियमन एकातिर जरुरी छ भने अर्कोतिर बालबालिकाहरु (खास गरी १६ वर्ष कम उमेरका)लागि यसलाई कडा रुपमा नियमनमा राख्नु जरुरी छ । अन्यथा बालमष्तिष्कमा सिर्जनाशक्ति हराउने, बालदुराचारजन्य कार्यहरु बढ्ने र सारमा सम्बन्धित ब्यक्तिको ब्यक्तिगत मात्र होइनऽ सामाजिक सांस्कृतिक आर्थिक तथा मनोवैज्ञानिक बिकासमा समेत प्रतिकूल असर पार्दे मुलुकी अग्रगतिका लागि नकारात्मक अवस्था सिर्जना हुने ठुलो त्रास छ ।

बालबालिकाहरुको सामाजिक सञ्जाल प्रयोगमा नियमनको प्रभावकारिता केवल कानून बनाएर वा नीतिमा परिवर्तन ल्याएरमात्र हुन सक्ने देखिदैन । यसका लागि अभिभावकीय बोध र जिम्मेवारी तथा तदनुकूलको ब्यवहार नै प्राथमिक बिषय हो । त्यसैगरी १६ वर्ष भन्दा कम उमेरका वालवालिकाहरको पठन पाठन हुने बिध्यालयहरु वा स्थानहरुमा मोवाइल सहितको प्रबेश र प्रयोगमा पूर्ण निषेध यसको नियमनको अर्को उपाय हो । दण्डनीयता केवल एकप्रकारको डरको पाटो हो । सचेनतायुक्त नियमनकारी कदमहरु चाल्नुमा सकारात्मकता र दिर्घकालीन प्रभावका उपायहरु हुने हुदा यसतर्फ सम्बन्धित अधिकारी निकाय वा अभिभावकहरुको ध्यान जानू जरुरी छ । अन्यथा हिजोआज प्रौढहरुमा सबैभन्दा बढी हुने रोग केहो भन्योभने डाइबिटिज भनेजस्तै वालवालिकाहरु सामाजिक सञ्जालको प्रयोगबाट पीडीत हुने रोगका शिकार बन्ने निश्चित छ । मोवाइल देखाएर आ-आफ्ना नानीहरुलाई दुध वा खान खुवाउने आमा वा अभिभावकहरुले बेलैमा नसोँचे र घर तथा विध्यालयहरुबाटै नियमनकारी भुमिका निर्बाह नगरे भविष्य खतरा छ । यसतर्फको गंभिरता समयको आवश्यकताको बिषय हो ।

२०८२ मार्ग २४                                          ऐरावती १ धनवोट प्यूठान

 

No comments:

Post a Comment