Thursday, 8 January 2026

 

 ओलीमय एमाले एमालेमय ओली

                                                             

‘’सैपनि एमालेः मै पनि एमाले’’ को गीती नारा बनेको धेरै भयो । केही पछि आएर ‘’ एमालेमय देश र एमालेमय ओली’’ भन्ने बन्यो । हिजो आज ‘’ओलीमय एमाले र एमालेमय ओली’’  भन्न थालेका छन ।

माले हुदै एमाले बन्दा र एमाले बनिसकेको धेरैपछिसम्म राजधानी वा जिल्ला सदरमुकाहरुमा हुने कार्यक्रममा त के, गाँउ वस्तीका कार्यक्रमहरुको सहभागिताका जुलुशहरुमा पनि गाएको सुनिन्थ्यो ‘’सैपनि एमालेः मैपनि एमाले घोरपारेर गाउँथे एमालेजन र एमाले मनहरु । हातमाथि माथि हल्लाउदै गाएको दृश्यबाट भित्रिभित्र हल्लिन्थ्ये गैरएमाले मनहरु ।

‘’ओलीमय एमाले र एमालेमय ओली’’ भावको बुझाई र नारा लागेको पनि । खासगरी यसअगाडिको स्थानीय चुनाव ताका हो । ‘’ श्रमीकको छोरो नगरपिताका लागि अगाडि सारेको छ एमालेले, त्यसैले एमालेमय देश भएको छ । जँहा हेरयो, त्यही एमालेमय भएको छ । जँहा टेक्यो त्यँहा एमालेमय भएको छ’’ 

केबश स्थापितको चुनावी सभामा स्वयं केपी ओलीले भनेका शब्दहरु हुन यीनी (दैनिक नेपाल डटकप बैशाख २२, २०७९) ‘’लालटिन बालेर होइन, जहाँ खोज्दा पनि एमाले भेटिने मुलुकी अवस्था छ’’ (शिलापत्र डटकम २०८१ बैशख २४) शिद्दीलालको स्मृति स्मारिका लोकार्पण कार्यक्रममा फेरि उर्ले ओली ।

एमाले र माओवादी एकिकृत हुदाँको समयताका अधिक भन्दा अधिक बामपंथी शुभचिन्तकहरुलाई लागेकै हो कि अब देश कम्युनिष्ठमय अर्थात मूलतः एमालेमय हुने भयो । नेकपा एमाले र ने क पा माओवादी बिचको एकिकरण र नेकपा (नेकपा) बन्दा पनि नेकपाको पार्टी बैठकमा आफूअनुकूल निर्णय हुने भए जाने नहुने भए नजाने । बैठकमा गएको अवस्थामा पनि आफू अनुकूलको निर्णय भए मान्ने नभए नमान्ने ! के के गरे गरे …. भन्छन र भनिरहेका छन । त्यसो त ओली कै शब्द सापटी लिएर समीक्षा गर्नेहोभने ‘’बहुमतले ओलीलाई भविष्यका निमित्त पार्टी सदस्यताका लागि पनि अयोग्य हुने गरी साधारण सदस्यताबाटै निस्कासन नगरेको कहा हो र ? बिचार र बिकासको मानक पार्टी एमालेलाई धुलो चटाइयो भनेर पनि भन्न बाँकी राखेनन (के पी ओली-रिपोर्टर नेपाल डटकम)

२०७८ भाद्रमा माधवकुमार नेपाल र झलनाथ खनालले एमाले परित्याग गरेपछि खुट्टामा बिझेको निलकाँडा आफै झरेजस्तो हाइसन्चो मानेका ओलीमा एमालेमय दम्म झन बढ्न थाल्यो । परिणाम विविध कोणहरुबाट विविध बिरोधी स्वर र आरोपहरु खनिन थाले उनीमाथि ।

प्रतिनिधि सभा पटक पटक स्वेच्छाचारी ढँगले विघटन गर्ने तर बिघटन असंवैधानिक ठहर भएकोमा पनि पश्चाताप नगर्ने । प्रत्यासी बनेपछि भीम रावललाई दलभित्र पाइलो हाल्न पनि नदिन खोज्ने । बृन्दा पाण्डे र उषाकिरण तिमिल्सेनाहरुलाई बोले वापत जिब्रो डामिदिएर गैरवैधानिक रुपमा लामोसमय सम्म निलम्बनमा राख्ने । घनश्याम भुसाल समेतका दश भाइहरुलाई दलको बैठकमा प्रवेश गर्दापनि कर्के नजरले हेर्ने र भित्र भित्र उनिहरु हिड्ने बाटोमा घेर्ने घेराउने पनि गरे भन्दै जानकारहरुले पछिल्लो पटक चीन पुगेर फर्केपछि त उनमा सिजि पिङग (शक्तिशाली कम्युनिष्ठ नेता) हुने र अधिकाँशले आफूलाई सिजि पिङग जस्तै श्रद्दापूर्वक मानून भन्ने भुत सवार भयो

यता बोली र कार्यशैलीले सिजि पीङगको उचाइ छुने संकेतहरु देख्दा लालयितहरु निराशामा पर्दै गए । दलभित्र उनको बिचारभन्दा फरक बिचार बोल्यो कि पोल्यो, पोल्यो । कोहो कोही त भन्न थालेको यो ओलीले सेवन गरिरहेको ओषतिको प्रतिकूल प्रभाव हो । राधाकृष्ण मैनालीहरुका अनुसार ओली स्वभावैले हठी नै हुन तर ओषतिले झनै हठी पो बनायो कि ?  यसरी अनगिन्ति श्वर र शब्दबाट ओलीको आलोचना गर्नेहरु क्रमशः बढिरहे । दलका सदस्यहरु झुण्ड झुण्ड मै वा केही केही बनेर बाहिरिए । अरु दल मै मिसिन पुगे । तर ओलीलाई बाल मतलव !? भएन र मतलव भइरहेको पनि छैन। उनी एमालेमय ओली र ओलीमय एमालेकै सपना देखिरहेका छन । उनिउपर भइरहेका अनेक आलोचनाहरुमा धेरै छन । हेरो थप अरु केही केहीलाई ।        

पार्टीका सबै तहका सबै कार्यकारी पदहरुमा दुइवर्षे कार्यकाल र ७० वर्षे उमेर सकृय राजनीतिको अनिवार्य अवकाश नीति हुने भन्ने बिधान बनाए तर फेरी आफैलाई बाधक हुनेभएपछि खारेज गर्न लगाए । पहिला भने “’विध्यादेवी भण्डारीको निजी बिचारको कुरा हो । मुलुकको राष्ट्रपति भएको भएपनि पार्टीमा सकृय भएर देशको सेवा गर्छु भन्ने सोँच राख्छिन भने केल्ले छेकेको छ उनलाई नेकपा एमालेमा सकृय हुने’’ भनेर आफैले भने । उता बिध्याले पार्टी सदस्यता नवीकरण मात्र गरिनन, जबजब पार्टी अध्यक्षको दाबेदारीका कुरा गर्न लागिन, तब उनको सदस्यतालाई झस्केलाबाट नवीकरण गरिएको भन्दै खारेज गरीदिए ओली स्वयंले ।

एघारौँ महाधिवेशन, भक्तपुरको सल्लाघारीको सजावट मै देखियो ‘’एमालेमय ओली र ओलीमय एमाले’’ को प्रभाव । मुस्किलले केही स्थानमा मनमोहन अधिकारी, मदन भण्डारी र जीवराज आश्रितका तस्वीरहरु रहे । नत्र स्वागतद्वार देखि जताततै ओलीमय सजावट र एमालेमय ओली ।

दोस्रो दिन भृकुटीमण्डपमा केन्द्रीय कमिटिको बैठक नराखेसम्म र बिधानबाट केन्द्रीय समिति र पदाधिकारीहरुको सँख्या बढाउने संशोधन नगरेसम्म बन्द सत्र नै चल्न दिएनन । ल जा । भरखरै मात्र भएको अधिकार सम्पन्न बिधान सम्मेलनको बिधान ओलीको बोलीले फेरियो । पदाधिकारी १५ बाट १९, केन्द्रिय कमिटी ३०१, पोलिटब्यूरो ९९ र स्थायी कमिटि ३३ सदस्य रहने गरी बढोत्तरी । वरिष्ठ उपाध्यक्ष पद चट । अनिमात्र बन्द सत्र सुरु । बन्द सत्र सुरु पनि के भन्ने ओलीले सुरु गरेर खुरुखुरु भाषण अनि इश्वर पोखरेलले बिचार राखे अनि समाप्त । रहयो निर्बाचनको कुरा एमालेमय ओली र ओलीमय एमाले पथकै अर्थात ओलीवादका पक्षधर वा ओली बा मान्यहरुकै हालीमुहाली हुने निश्चित प्रायःछ ।

केहीदिन देखि ओली आफै भनिरहेका छन -यो त एमालेमय देश हो । अब के गर्नु हुन्छ । उहाँहरु अब अदालत, सेना, प्रहरी, कर्मचारी सबै एमाले देख्नुहुन्छ । रेविज लागेको जनावरले जतापनि पानी देखेजस्तो ! राष्ट्रनिर्माणमा एमालेको अग्रणी स्थान छ, त्यसैले एमालेमय छ ‘’(नागरिक ६ मार्ग २०८२)

देखिएन त एमालेमय ओली र ओलीमय एमाले ? आफूलाई निर्शत समर्थन गर, नत्र जस जसले समर्थन गर्दैनन, तिनीहरुको छैन खैरत भन्ने शक्ति व्यवहारतः ओलीले तत तत सबैलाई देखाइदिए । त्यसैले भन्न किञ्चित पनि रोकिनु पर्ने स्थिति छैन कि समकालीन राजनीतिक आकाश ‘’ओलीमय एमाले र एमालेमय ओली’’ कै रुपमा देखिएको छ । यसको आशाजनक प्रार्थना र बिजारोपण भने पहिल्यै भएको हो । खासगरी बिगतको स्थानीय चुनावताका ।   

‘’प्रतिस्पर्धा गर्न मिल्छ । लोकतान्त्रिक पद्दित हो तर डेफिनेटली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ । ओलीमय भएको छ । एमाले त ओलीमय भैहाल्यो नि (एटुजेड समाचारबाट २०७८।८।११) गोकुल बाँस्कोटाले उहिल्यै भनेका हुन ।

बिचरा! ओलीमय एमालेको भित्री खान्गीबाट हटाइएपछि र पछिल्ला दिनमा बालकोट त के गुण्डुमा पनि ढिप्किन नदिएपछि भने उनी न्याउरी मारी पछुतोमा रहेका होलान् ? किन भनेहुँला त्यसबेला भनेर थकथक मानिरहेको हुनुपर्छ ।

अब एमालेमा हुने सबैले भन्नुपर्ने भएको छ, ‘’म एमाले (र ओली?लेखकबाट थप) को झोले हुँ । यो झोलामा देश र जनताको परिवर्तनको चाहना बोकेर हिड्ने छुँ । यसमा मलाई गर्व छ (के पी ओली, ११ औ महाधिवेशन, उद्घाटन मन्तब्यमा) ’’ । अनि मात्र सार्थक हुन्छ एमालेमय ओली र ओलीमय एमाले रुपी पछिल्लो भाव र प्रभाव । अझ, ओलीवादमा एमाले रुपान्तरित भयोभने त झनै सार्थकता र पूर्ण सफलता प्राप्त हुनेछ ।

अब यतिचाँही भन्ने पर्ने हुन्छ कि ‘’नेता हुनु त ओली जस्तो । अधिनायकवादी भनुन कि फासिस्ट !! हात्ती लम्कदै गर्छ, कुकुर भुक्दै भनेजस्तो । आगामी चुनावमा जनमतले के भन्दछ ? त्यो भविष्यले बताउला । ‘’ओलीमय एमाले र एमालेमय ओली’’-यतिवेलाको यथार्थता हो । ‘’जसो जसो ओलीः उसै उसै स्वाहा!!’’

   

२०८२।०८।२८                            ऐरावती १ धन्वोट । प्यूठान  

No comments:

Post a Comment