Friday, 20 February 2026

कविता मुग्लानीहरुमा निबेदन

 भन्छन

जीवन सजिलो छैन

र मृत्यु पनि सजिलो छैन,

गास रोकिएपछि,सास रोकिन्छ

सास रोकिएपछि,जीवन सकिन्छ ।१।

जीवन र मृत्युको साइनो

अवश्यमभावी छ

ज्यान रहेसम्म जीवन रहन्छ

जीवनसंगै मृत्युको चावी रहन्छ ।२।

सत्य कर्तब्य र इमान

जीवन पहिचानका वास्तविकता जीवन

चाहन्छौ भने,

सत्य कर्तब्य र इमान रोज

जन्मेको माटोको रुप रोज

ताते ताते गर्दै हिड्न सिकेको बाटो खोज।३।

ब्यर्थैमा परदेशिन्छौ किन ?
क्षणिक ऋङ्गारिक सौन्दर्यता रोज्छौ किन ?

हिरा र ज्वैलरी जटित आलिशान महलको खोजिमा

भौँतारिदो यात्रा,

अब बदलिनु पर्छ

आफंनै माटोको माया गरेर

आफ्नै बाटोमा छायाँ भरेर।४।

फर्क फर्क हे,

बिदेशिएका नेपाली मनहरु

बाटो बिराएका नेपाली जनहरु

फर्कस्वदेश फर्क

गुलाम पराधिन र पराइ बनेर हैन

स्वाधिकस्वतन्त्र र स्वप्नमा आधारित

जीवन खोज,

आफ्नै माटोलाई रोज

फर्कअविलम्ब फर्क

जीवन छँदैको मृत्युलाई होइन

मृत्यु जित्ने जीवन पर्ख

जीवन जित्ने मृत्यु पर्ख।५।,

तिमी जन्मदा खुसी हुने

यही माटो हो,

तिमी हिडदा आनन्द मान्ने

यही बाटो हो, 

सम्झ तिमी मर्दा पनि

काखमा लिने यही माटो हो

यही आँशुहरु झर्नेछन ।

यहीकाँले मात्रै

तिम्रो सम्झना गर्ने छन

पराइहरु भनेका पराइहरु नै हुन

कहिल्यै आफन्त हुदैनन

परदेश भनेको परदेश नै हो

कहिल्यै स्वदेश हुदैन

सकेजति चुस्छन लुटछन,

चाहेजति चेप्छन हेप्छन,

त्यसैले फर्क फर्क

यही बसेर बढाउ हर्ष ।६।

२०८२।१०।८                                       ऐरावती १ धनवोट। प्यूठान

 

No comments:

Post a Comment