गफिदा,
खेल्दा,
डुल्दा,
कतै मनमस्तीले भुल्दा,
अवरोधका तगाराहरु भाच्दा,
अथवा छमछमी नाच्दा,
आउने हर आनन्द,
मात्र आनन्द,मात्र
आनन्द,
अध्ययन चिन्तन मनन,
अनि लेखनको आनन्द,
महाआनन्द,महाआनन्द, महाआनन्द!!
२०८२।१०।२६ ऐरावती १ धनवोट।
प्यूठान
No comments:
Post a Comment