जेन जी आन्दोलन भयो
ध्वँश विग्रह हेरियो
सिँह दरवारमा कुर्सी
फेरियो
कुर्सी सँगै एप्स फेरियो
कुर्सीहरुका
लोकप्रियहरुमा
विद्वानहरु फेरियोऽ
अब त देशमा केही हुन्छ ?
केही
अर्थात प्रत्यक्ष
निर्बाचित कार्यकारी
भष्ट्राचार नियन्त्रण
सँघीयता खारेजी
यस्तै यस्तै हुन्छ ??
अर्थात प्रत्यक्ष
कार्यकारी
निर्बाचन हुन्छ ?
हुदैनऽ
महँगी नियन्त्रण हुन्छ ?
हुदैन
बेरोजगारी अन्त्य हुन्छ ?
हुदैन।
लोकसेवा त अब
तिनवर्ष खुल्दै खुल्दैन
अनि कसरी बेरोजगारी अन्त्य हुन्छ ?
कृषि मल बिउ सहज हुन्छ ?
हुदैन
बाझा जमिन जोत्ने अभियान
हुन्छ ?
कहा हुनु र कसरी हुनु ?
मात्र छ महिना छ
कहा जोत्नु
के ले जोत्नु
र कसरी जोत्नु ?
निशुल्क शिक्षा हुन्छ ?
पैसा चाहिन्छ,
पैसा कहा पाइन्छ ?
स्वास्थ्य उपचार
प्रभावकारी हुन्छ
डाक्टरहरु बिदेशीने क्रम
तिब्र छ
करोड खर्च गरेर पढेको
हजारमा कसरी बस्छन यहा ?
त्यो पनि हुदैन र हुने
संभावना छैन ।
बाटा घाटा बनाउने
बिकासे काम हुन्छ ?
आगो लागि सक्यो
धनमा र मनमा
कसरी हुन्छ बिकासे नया
काम
त्यो पनि हुदैन।
टालटुले काम मात्र गर्ने
हो ।
नया बिकासे काम त हुदै
हुदैन
कसरी हुन्छ, छ
महिना न हो
हुदैन, नहुने
काम
हुन्छ भन्नुपनि हुदैन
सकेसम्म चुनाव हुन्छ
नभए,
चुनाव सार्दै जाने काम हुन्छ
भएका दरबन्दी कटाएर वा
खाली राखेरै भएपनि
भएजतिका कर्मचारी बिच
खान्गी खाने र खुवाउने
काम हुन्छ।
जलिसके धेरै धरोहर
जलिसके धेरै यान्त्रिक
साधनहरु
हुनेसम्मलाई रँगरोगनको
काम हुन्छ
नहुनेजति भत्काउने अनि
लिलाममा चढाउने का पनि
हुन्छ।
सके मुख्य काम
निर्बाचन गराउनु छ
नसके मुख्य काम
निर्बाचनका लागि
समय क्रमशः लम्बाउनु छ
अरु खासै केही हुदैन
आगोले खाइसकेपछि
पलाउन समय लाग्दछ
जलेका ठुटाहरु शनैशनैः
पलाउछन
जलेका घाउहरु शनैशनैः
खाटा बस्छन
जेनजीहरुपनि थाकेर दुला
पस्छन
बिस्तारै गर्ने काम हो,
सुशासन
हतपत गरे लतपत हुन्छ
मुख्य काम चुनाव नभइकन
धत्! अरु
केही हुन्छ भन्नु नै हुदैन,
जे जे सकिन्छ,
त्यही त्यही हुन्छ
जे जे सकिदैन,
त्यही त्यही हुदैन
भने जति सबै गर्ने के को
कर ?
जेनजीहरुले उचारलेरै
राखेका हुन
ढुक्छ छौऽ छैन कुनै डर!!
सरकार छ महिने अस्थायी<
कसरी हुनु काम स्थायी
हुन्छ सके जति हुन्छ
अरु केही नभए
पछिसम्म रहने
हर्ताकर्ताहरुको अनेक
नामनामेसीमध्ये
हाम्रोपनि नाउ हुन्छ,
यो पनि त एक प्रकारले
बिकास नै हो
हैन भन्ने,
लौ देख्खिन आउ कुन छ ?
२०८२ आश्विन ऐरावती १ धनवोट,प्यूठान
No comments:
Post a Comment