संविधान सभाको पहिलो निर्बाचन देखिनै नेकपा माओवादी केन्द्रका कमरेड प्रचण्डले उठाए प्रत्यक्ष निर्बाचित कार्यकारी पदको आवश्यकताको बिषय । राष्ट्रपतिय प्रणालीमा यो मुलुकलाई लैजानु पर्छ, त्यही प्रणालीले मात्रै मुलुकको सम्बृद्दि र सबैखाले आन्दोलन तथा क्रान्तिका मागहरुको संवोधन गर्न सक्दछ भन्ने भावमा बुझिएको थियो त्यसलाई । पहिलो संविधान सभामा संविधान बनेको भए शायदः यसभावले केही न केही सम्मान पाउने थियो होला तर दोस्रो संविधान सभाको प्रतिनिधित्वमा जनादेशले त्यो धारलाई कमजोर रुपमा प्रस्तुत गरयो ।
ततकाल नेपाल कम्युनिष्ट पार्टी एमाले सहित केही प्रत्यक्ष
निर्बाचित प्रधान मन्त्रीको पक्षमा र नेकपा माओवादी केन्द्रसहित केही प्रत्यक्ष
निर्बाचित राष्ट्रपतिको पक्षमा देखिएपनि अन्ततः जनप्रतिनिधिको हातमा रहने गरी
संविधान बन्यो । अर्थात संविधानसभाबाट संविधान निर्माण गर्दापनि केही छिटफुट
विशेषताहरुलाई छोडेर हेर्दा मूलतः पूर्ण रुपमा संसदीय मान्यता हाबी भयो ।
प्रचण्डलाई भित्ते राष्ट्रपति भनेर भावमा भित्तैसम्म पुरयाइयो । रुक्माङगत कटुवाल
प्रकरणमा देखिएको उनको अपरिपक्कताले कार्यकारी राष्ट्रपति भएका भए त देशै खलास
पार्ने थिएकी क्या हो ! ? भन्नेसम्मका खिसिटयूरिहरुबाट
पनि उडाइयो ।
जन्मजात राष्ट्रप्रमुखको हकाधिकार रुपी मान्यतालाई
जनआन्दोलन २०६३ ले उखेलेर फाल्यो । मुलुकको अग्रगामी बिकास र प्रभावकारी
जनसुरक्षाको लागि शक्तिशाली राष्ट्रप्रमुखको खोजीमा रहेको जनमत लामो समयसम्मपनि
त्यति खस्केन । बरु प्रकारान्तर रुपले त्यो आवाज मुखरित हुदै गयो । नवयुवा (जेनजी) हरुको
अगुवाइमा भएको गत आश्विन २३ गतेको शान्तिपूर्ण आन्दोलनमा उठेको ‘’निर्बाचित कार्यकारी प्रधानमन्त्री’’ भन्ने आवाज यसको पछिल्लो
घनिभूत स्वर हो । यतिवेलासम्म आइपुग्दा दलगत हिसाबले ‘’निर्बाचित
कार्यकारी प्रधानमन्त्री’ हुदैन है भनेर पूर्ण इन्कारी
गरेका राजनैतिक दलहरु सतहमा देखिएका छैनन । नेकपा माओवादी केन्द्र नेकपा समाजवादी,
राष्ट्रिय स्वतन्त्र पार्टी हुदै राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मले त घोषित
रुपमा नै यसलाई अगाडि सारेको पाइन्छ । नेपाली काँग्रेस मूल त संसदीय धारको
पार्टी भएकाले त्यसको असहमतिको निर्णय नआउला भन्न सकिदैन । नवयुवाहरुको मूल माग मध्येको एक त हो । तर यही नीति थिति र मनोदशा रहेसम्म निर्बाचित
कार्यकारी प्रधानमन्त्री पद आगामी फागुन २१ को चुनावमा देशले पाउने छेकछन्दै छैन ।
जेनजीहरुको मागको संवोधनको अर्थमा माछो माछो भ्याकुतो ! जस्तो हुन गएको सहमतिको
परिणामले केपी ओलीलाई सत्ताच्यूत गराउने र २०८४ मा हुने प्रतिनिधिसभाको निर्बाचनलाई
२०८२ मा नै गराउने मात्रको उपलब्धिले जेनजीहरुसँगै सबै परिवर्तनगामीहरुलाई
थाङ्नामा सुतायो ।
प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री मुलुकका लागि
आवश्यक छ भन्नेहरु एकातिर र हुदै हुदैन भन्ने शब्द, बोली र भावमा आलोचनाका
स्वरहरु अर्कोतिर आरम्भ भएको छ । प्रत्यक्ष जनादेश, द्रुत निर्णयाधार, जिम्मेवारी
र उत्तरदायित्वका हिसाबले वलशाली, राजनीतिक स्थिरता, समाजिक
एकता, सकृय नागरिक समाजको संभाब्यता बढी, शासकीय अधिकारको समुचित
प्रयोगले मुलुकी निर्माण र सुधारका कार्यहरुमा तिब्रता आदि यसका सकारात्मक पक्षहरु
भनिदै आएको छ ।
नकारात्मक पक्षको वलियो तर्क भनेको निर्बाचित भएपछि मनलागी
गर्न सक्ने संभावित अधिनायकवादी चरित्र र ब्यवहारलाई लिइएको छ । ‘’प्रत्यक्ष
निर्बाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरियोभने दशवर्षपनि लाग्दैन,
मुलुक सिद्दिन’’ भन्ने भावमा पनि केही विद्वानहरुको बिरोध आइरहेका छन
। अल्पसँख्यक समुदायबाट कहिलेपनि प्रतिनिधित्व हुन सक्ने अवस्था रहदैन भन्ने
तर्कहरु पनि आइरहेका छन । संसारमा असफल भइसकेको र पछिल्लो क्रममा इजरायलले पनि
खप्न नसकेर फ्याँकिएको पद्दति भन्नेपनि आलोचकहरुको आधार बनेको छ ।
नेपालमा प्रयोग हुन बाँकी रहेको राजनीतिक अभ्यासको बिषय
भनेको यही मात्रै हो । राजा महेन्द्रले गरेको २०१७ साल पुस १ गतेको संसदीय
ब्यवस्थामाथिको आक्रमणमा ततकालिन सेनाको सहयोगलाई पहिलो र गत आश्विन २४-२५
गतेको करिब ४८ घण्टाको सरकारविहिन अवस्थामा, व्यवहार त नेपाली
सेनाले सम्हालेको सत्ताको बागडोरलाई स्मरण गर्ने हो भने झण्डै झण्डै सैनिक शासनको
अभ्यासको चटनी नेपालीहरुले भोगी सकेको मान्न सकिन्छ । यहाँनेर अवस्थागत रुपमा
हेर्दा, सैनिक शासनको पुरै खुराक नेपालीहरुको भागमा आउने हो
कि भन्ने परिदृश्यलाई पनि स्मरणगर्नु पनि जरुरी छ ।
प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री किन र के का
लागि भन्ने माथि उल्लिखित आधारहरुका अतिरिक्त जबरजस्त आधार भनेको मुलुकी ब्यवहार र
संस्कार लोकतान्त्रिक हुन नसकेर छाडा कानून मिचाहा एवं अपराधिकतातर्फ गइरहेको
यथार्थताको उपचारका लागि पनि हो । एकप्रकारले जबरजस्त तर कानूनीराजको मान्यतालाई
शिरोधार्य गर्ने, राष्ट्रवादी राजनेताका रुपमा
अबको कार्यकारी प्रधानमन्त्री आवस भन्ने चाहनाबस हो । कानून उलँघनका घटनाहरु दिन
प्रतिदिन बढिरहेका र सुरक्षा प्रहरीहरुको कानून बमोजिम एवं मानवीय ब्यवहारलाई पनि
चुनौति दिदै आएको ब्यवहारलाई नियन्त्रण र दण्डित गर्ने भनेको जबरजस्त तर निर्बाचित
कार्यकारी प्रधान मन्त्री नै हो । यसलाई मध्यनजर राख्नुपर्दछ ।
संसदीय आशा र भरोशामा रहेको तथा परम्परागत संसदीय भाषमा
डुबेको प्रधानमन्त्रीबाट मुलुकको अग्रागमी यात्राको सफलता र मुलुकी समस्याको
संवोधन हुने संभावना कमै हुने रहेछ । कुनैपनि दलको बहुमत पुग्न नसक्ने निर्बाचन
प्रणाली र निर्बाचन संस्कार, दुई वा तीन दलको खिचडीले
सत्ताको तानातान र शक्तिको हानाहान, परम्परागत संसदीय
ब्यवस्थाभित्रका फोहोरी खेलहरु, खर्चिलो चुनाब समेतले ल्याएको
भ्रष्टता, आदि आदि कारणले नेपालमा संसदबाट छानिएको कुनैपनि
प्रधानमन्त्री असल र सक्षम भन्ने प्रमाणित हुन सकेन । संसारमै पनि केही अपवादलाई
छोडेर हेर्दा धेरै असफलताहरु देखिएका छन । त्यसैले नेपाल र नेपालीकालागि अन्तिम
प्रयोगको रुपमा प्रायःधेरैको चाहना र कामना रहेको पद
हो, प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीको ।
धेरैको चाहना र कामनाको बिषय भएपनि, त्यो
लगामविहिन हुनुहुदैन । संवैधानिक लगाम सहितको हुनुपर्छ । खासगरी अन्तराष्ट्रिय
सन्धिसम्झौताको बिषयमा, संविधानका मूल आदर्शको रक्षाको
बिषयमा, राष्ट्रिय सुरक्षा र सेनाको परमाधिपतित्व सहित
सङकटकाल घोषणाको बिषयमा र मुलुकी सार्वभौमसत्ताको रक्षाको बिषयमा,
ब्यवस्थापिकाको निर्णय वा सिफारिसमा राष्ट्रपतिकै अन्तिम अधिकार रहने गरी
निर्बाचित कार्यकारी प्रधानमन्त्रीका अधिकारहरुमा संवैधानिक
नियन्त्रण र व्यवस्थापन गर्नु भने जरुरी हुन्छ । राष्ट्रको आन्तरिक कामकारबाहीहरुमा
अर्थात मन्त्रिपरिषद गठन र सञ्चालनमा, शासन प्रशासनको दैनिकीमा, देशको बिकासमा, पूर्ण कार्यकारी अधिकार
हुनुभने अनिवार्य छ ।
लगाम यस्तो नहोस कि मौकामा केही गर्नुपर्दा हल चल नै गर्न
नमिल्ने, विशेषाधिकार यस्तो नहोस कि पाँचवर्षसम्म छुनै वा
हेर्ने नहुने ?! शक्तिसन्तुलन र ब्यवस्थापनतर्फको संवैधानिक
प्रावधानमा विशेष ध्यान दिनै पर्छ तर मुलुकलाई अब निर्बाचित कार्यकारी
प्रधानमन्त्री नै चाहिएको छ । यसमा धेरै बिबाद वा शँका उपशङ्का आदि गरिरहनु समयको
आवश्यकताको संवोधन हुने छैन । बरु उम्मेदवार प्रधानमन्त्रीले आफ्नो उम्मेदवारीमा
आफ्नो कार्यकारी अवधिमा हुने मन्त्रीहरुमा कम्तिमा कूल मन्त्री पद सँख्याको आधि
मन्त्रीहरुको पूर्व घोषणा सहित चुनावमा जानुपर्ने समेतका बाध्यात्मक पारदर्शिताका
शर्तहरु राख्न सकिन्छ ।
फ्रान्समा राष्ट्रपति र प्रधानमन्त्री दुबैमा शासकीय अधिकार
बाँडिएको र अर्जेण्टिना देखि मालबी हुदै अमेरिकामा समेत कार्यकारी
राष्ट्रपतिद्दारा शासन ब्यवस्था सञ्चालन भएको तर निर्बाचित कार्यकारी
प्रधानमन्त्री यँहा छ वा यस्तै हुनुपर्छ भन्ने नसक्ने अवस्था रहेको वर्तमान
संसारिक अनुभव हो । हामीले खोजे वा रोजे जस्तो संसारमा कँही छैन भनेपनि वा बिगतमा
संसारका अनुभवहरुमा भएको संवैधानिक व्यवस्था भन्दा फरक केही गर्नुपर्छ भनेपनि, नेपालले
आफ्नै मौलिक दृष्टिकोण र मान्यताबाट प्रत्यक्ष निर्बाचित कार्यकारी
प्रधानमन्त्रीलाई अगाडि सारेर जानु नै वहुकल्याणकारी हुनेछ । सबैकालागि नौलो हुनेछ
। आशा र भरोशा जाग्दो हुनेछ । adrdhanbot.blogspot.com
२०८२ कार्तिक १७
ऐरावती १ धनवोट। प्यूठान
No comments:
Post a Comment